मिति २०८० माघ १२ गतेका दिन जीतपुरसिमरा उपमहानगरपालिका तथा यस सिमरा कलेजको समन्वयमा शैक्षिक स्तरोन्नतीको सन्दर्भमा आयोजित Student Learning Assessment Survey (SLAS) कार्यक्रम- २०८० सम्बन्धि छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो ।
सिमरा कलेज सिमराका सञ्चालक समितीका कार्यबाहक अध्यक्ष मधुकर अधिकारीको अध्यक्षतामा भएको छलफलमा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पौडेल, उप प्रमुख अधिकारी, नेपाली काग्रेसका नगर सभापति छबिलाल शर्मा, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल, शिक्षक तथा साहित्यकार राम अधिकारी, समाजसेवी मुकुन्द बहादुर क्षेत्री, लोसपाको नगर अध्यक्ष शिवजी साह, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति शुरेस के. सी., सुर्य नेपाल उद्योगको प्रतिनिधि यज्ञ बहादुर आले लगायत समाजिक, शैक्षिक तथा राजनितीक क्षेत्रको अगुवाहरुको सहभागिता रहेको थियो ।
आज मिति २०८० पौष २८ गते, शनिबार यस सिमरा कलेज, सिमराका पूर्व विद्यार्थी भेला (Alumni Meet) - २०८०(२०२४) बाट तपसिल अनुसार तदर्थ कार्य समिति गठन गरेको जानकारी गरिन्छ ।
अध्यक्ष : नृपराज बराल
उपाध्यक्ष : सोनी कार्की
कोषाध्यक्ष : राजु कुमार दास बनिया
सचिव :सुमित अधिकारी
उप सचिव : श्रीराम रेग्मी
सदस्यः
कृष्ण अधिकारी
चेत बहादुर बस्नेत
पशुराम चौधरी
सन्जिव सुवेदी
कुन्दन शाह
अनिश रेग्मी
मिति २०८० पौष ०४ गते यस कलेजको छैठौं कलेज सभा २०८० जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख श्री राजन पौडेल ज्यू को प्रमुख आतिथ्यमा सम्पन्न भयो । उक्त कलेज सभामा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उप प्रमुख, शैक्षिक व्यक्तित्व, समाजसेवी र यस कलेजका कलेज सभा सदस्यहरुका साथै प्राध्यापक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।