महालक्ष्मी विकास बैंक, सिमरा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिमरा कलेजलाई एक थान ल्यापटप सहयोग स्वरूप हस्तान्तरण गरेको छ। कलेजको शैक्षिक तथा प्रविधिमैत्री विकासमा टेवा पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो।
ल्यापटप प्राप्त गरेसँगै सिमरा कलेजको शैक्षिक गतिविधिलाई डिजिटल र थप प्रभावकारी बनाउन बैंकले पुर्याएको यो अमूल्य सहयोगका लागि कलेज प्रशासनले महालक्ष्मी विकास बैंक, सिमरा शाखाप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
पछिल्लो समय सिमरा कलेजले आफ्नो शैक्षिक गुणस्तर सुदृढीकरण (QAA प्रक्रिया) लाई तीव्रता दिइरहेका बेला स्थानीय वित्तीय संस्थाबाट भएको यस प्रकारको सहयोगलाई कलेजले निकै उत्साहजनक रूपमा लिएको छ।