जीतपुरसिमरा उपमहानगरपालिका तथा यस सिमरा कलेजको समन्वयमा शैक्षिक स्तरोन्नतीको सन्दर्भमा आयोजित Student Learning Assessment Survey (SLAS) कार्यक्रम- २०८०
29 January 2024

मिति २०८० माघ १२ गतेका दिन जीतपुरसिमरा उपमहानगरपालिका तथा यस सिमरा कलेजको समन्वयमा शैक्षिक स्तरोन्नतीको सन्दर्भमा आयोजित Student Learning Assessment Survey (SLAS) कार्यक्रम- २०८० सम्बन्धि छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो ।
सिमरा कलेज सिमराका सञ्चालक समितीका कार्यबाहक अध्यक्ष मधुकर अधिकारीको अध्यक्षतामा भएको छलफलमा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पौडेल, उप प्रमुख अधिकारी, नेपाली काग्रेसका नगर सभापति छबिलाल शर्मा, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल, शिक्षक तथा साहित्यकार राम अधिकारी, समाजसेवी मुकुन्द बहादुर क्षेत्री, लोसपाको नगर अध्यक्ष शिवजी साह, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति शुरेस के. सी., सुर्य नेपाल उद्योगको प्रतिनिधि यज्ञ बहादुर आले लगायत समाजिक, शैक्षिक तथा राजनितीक क्षेत्रको अगुवाहरुको सहभागिता रहेको थियो ।
